काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल र सिंगापुरका परराष्ट्रमन्त्री डा. भिभियन बालकृष्णनबिच सोमबार टेलिफोन वार्ता भएको छ । सिंगापुरका परराष्ट्रमन्त्री डा. बालकृष्णनले नेपालका परराष्ट्रमन्त्री खनाललाई बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाए । वार्ताका क्रममा मन्त्री बालकृष्णनले विपद्पछिको खोज, उद्धार तथा राहत कार्यमा नेपाली अधिकारीहरूले गरेको तत्काल र समन्वित प्रयासको प्रशंसा गरे ।