सर्लाहीका ६ डेरी उद्योग कारबाहीमा, प्रत्येकलाई ५ हजार रुपैयाँ जरिवाना

  • सोमबार १५ भौ २०८३ १०:३७ AM
काठमाडौं । सर्लाहीको मलंगवास्थित दूध पसल तथा डेरी उद्योगहरूको खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी संयुक्त अनुगमनका क्रममा विभिन्न कैफियत भेटिएपछि ६ वटा खाद्य व्यवसायलाई कारबाही गरिएको छ। नेपाल सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गरेको विवरणअनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सर्लाही, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सर्लाही, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवा तथा घरेलु तथा साना उद्योग कार्यालय मलंगवासहितको संयुक्त टोलीले भदौ ९ गते अनुगमन गरेको थियो। अनुगमनका क्रममा न्यू कृष्ण डेरी उद्योग, ... The post सर्लाहीका ६ डेरी उद्योग कारबाहीमा, प्रत्येकलाई ५ हजार रुपैयाँ जरिवाना appeared first on Kalika Khabar.