नारायणी अस्पतालबाट शिशु चोरी

  • सोमबार १५ भौ २०८३ १०:४९ AM
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना सार्वजनिक भएको छ । शिशुलाई अस्पतालबाट लिएर फरार भएकी एक महिलाको प्रहरीले खोजी गरिरहेको छ । प्रारम्भिक विवरणअनुसार भदौ १४ गते अपराह्न करिब ४ बजेतिर ती महिलाले आफन्तसँग शिशु खेलाउने बहाना बनाई नवजात शिशुलाई लिएर अस्पतालबाट बाहिरिएको बताइएको छ । प्रहरीका अनुसार शिशु लिएर फरार भएकी महिला करिब ३० देखि ३५ वर्ष उमेरकी र तराई मूलकी देखिने भएकी छन् । उनी रातो कुर्ता–सुरुवाल लगाएकी थिइन् । घटना लगत्तै प्रहरीले शिशु र शङ्कास्पद महिलाको खोजतलास तीव्र पारेको छ । अस्पताल परिसर तथा आसपासका सम्भावित ... The post नारायणी अस्पतालबाट शिशु चोरी appeared first on Kalika Khabar.