काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी घाइते भएर उपचारका लागि काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएका ४८ मध्ये ३३ जना उपचारपछि डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएकामध्ये उद्धार गरी ४८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो