भदौ । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धारकार्य तीव्र रूपमा भइरहेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत आज दिउँसो १ः३० बजेसम्म ३३० प्रभावितलाई सुरक्षित स्थानमा उद्धार गरिएको छ । बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ (टनेल) मा फसेकाको खोजी र उद्धारका लागि प्राविधिक तथा विज्ञ टोली परिचालन गरिएको नेपाली सेनाले