जलवायु विपद्का लागि नेपाल जिम्मेवार छैन, विकसित देशहरुसँग क्षतिपूर्ति माग्नुपर्छ : ओली

  • सोमबार १५ भौ २०८३ १०:१८ AM
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासशील तथा जोखिममा रहेका मुलुकले भोग्नुपरेको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्ने बताएका छन् । सोमबार एमाले केन्द्रीय कार्यालय च्यासलमा राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै ओलीले यस्तो बताएका हुन् । ओलीले जलवायुजन्य तथा पर्वतीय