काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो तथा डुबानपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । सोमबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले विपद् व्यवस्थापनका लागि पार्टीले केन्द्रीय तहबाटै कोष परिचालन गर्ने जानकारी दिएका हुन्