विपद् व्यवस्थापन र उद्धारका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको अपिल

  • सोमबार १५ भौ २०८३ ०९:२७ AM
काठमाडौं । सरकारले रसुवा बाढीका कारण प्रभावित भएका ३८ देशका विदेशी नागरिकहरूको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ । सोमवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका दूतावासहरूसँगको समन्वयमा तथ्यांक अद्यावधिक गर्ने काम भइरहेको बताएका हुन् । प्रवक्ता पौडेल क्षेत्रीका अनुसार सरकारले विपद्पछिको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग