पहिला राहत पीडितसम्म पुर्‍याउनुस्, राजनीति पछि गरौँला: आशिका तामाङ

  • सोमबार १५ भौ २०८३ ०९:४० AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले धादिङको गजुरी र गल्छीका बाढीपीडितका लागि पठाइएको राहत तीन दिन बितिसक्दा पनि पीडितसम्म पुग्न नसकेको भन्दै स्थानीय सरकारप्रति असन्तुष्टि जनाएकी छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै तामाङले आफूले पठाएको पहिलो चरणको राहत तीन दिनअघि नै सम्बन्धित क्षेत्रमा पुगे पनि अझै वितरण नभएको दाबी गरेकी छन्