काठमाण्डु– चीनले आफ्नो क्षेत्रमा बाढीमा परेर अलपत्र परेका नेपाली नागरिकलाई यथाशीघ्र नेपाल फर्काउन सक्रिय रूपमा सहयोग गरिरहेको बताएकाे छ। साेमबार हिमनदी भत्किएर आएको पहिरोका कारण दक्षिणपश्चिम चीनको तिब्बतस्थित केरुङ बन्दरगाहमा फसेका विदेशी नागरिकको उद्धार तथा राहत प्रयाससम्बन्धी जानकारी दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले यस्तो जानकारी दिएका हुन्। बाढी प्रभावितका लागि ५० टन विपद्