संसद्‌का दुवै सदनको बैठक बोलाउन कांग्रेसको माग

  • सोमबार १५ भौ २०८३ ०२:१५ PM
काठमाडौँ। नेपाली कांग्रेसले संसद्‌का दुवै सदनको बैठक बोलाउन माग गरेको छ। सोमबार बसेको संसदीय दलको बैठकले सदन बैठक खुलाउन माग गरेको हो। संसद् बैठक बोलाउन सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराउने निर्णय भएको कांग्रेसकी प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।  'बाढीले ठुलो जनधनको क्षति भएको छ। यस्तो बेलामा पीडितहरूले राहत पाउन सकिरहेका छैनन्,' उनले भनिन्, 'सदन जनताको आवाज बोल्ने थलो हो। यस्तो बेला सदन खुलाइनुपर्छ। यथासक्य चाँडो संसद् बैठक बोलाउन माग गर्ने हाम्रो निर्णय हो।'