काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्। बुधबार आएको भीषण पहिरोका कारण नाकासम्म पुग्ने स्थलमार्ग अवरुद्ध भएको थियो। उत्तरी नेपालमा हिमनदीको विनाशकारी बाढीका कारण आएको पहिरोपछि ठूलो स्तरको उद्धार तथा खोजी अभियान जारी छ। हिमनदी खस्दा बरफ, चट्टान, हिलो र पानीको ठूलो भेल चीन–नेपाल सीमा क्षेत्रतर्फ बगेको थियो। केही मिनेटमै आएको उक्त भेलले ठूलो क्षति पु¥याएको थियो। क्षेत्रीय सरकारले आइतबार बिहान दिएको जानकारीअनुसार शनिबार साँझ ६ बजेसम्म जिरोङ नाकामा आएको भीषण पहिरोमा १६ जनाको मृत्यु भएको र ५४६ जना अझै बेपत्ता छन्। यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा पहिरोका कारण मृत्यु हुनेको संख्या नौं सय नाघेको छ । चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले आइतबार राज्य स्वामित्वको इन्जिनियरिङ तथा उद्धार संस्था चाइना एनेङबाट ११० जना उद्धारकर्मी र २८ वटा भारी उपकरण घटनास्थलमा पठाएको छ। उनीहरूले यस क्षेत्रको प्रमुख सडक सम्पर्कका रूपमा रहेको जी२१६ राष्ट्रिय राजमार्गका क्षतिग्रस्त खण्डबाट भग्नावशेष हटाउने काम गरिरहेका छन्। सोमबार दिउँसो १२ बजेसम्म सडकका क्षतिग्रस्त खण्ड पूर्ण रूपमा खुलाउनुपर्ने स्थानबाट करिब १