‘कार्यकर्तालाई उत्पादनसँग जोड्न सागसब्जीखेती’

  • सोमबार १५ भौ २०८३ ०८:१८ AM
झापा । नेकपा (एमाले) बाह्रदशी गाउँ कमिटीले पार्टीको आन्तरिक आय वृद्धि गर्दै कार्यकर्तालाई उत्पादनसँग जोड्न चार बिघा क्षेत्रफलमा अर्गानिक सागसब्जीखेती सञ्चालन गर्ने भएको छ । हालै सम्पन्न गाउँ कमिटीको बैठकले बाह्रदशी गाउँपालिका–४ र ५ मा अर्गानिक सागसब्जीखेती गर्ने निर्णय गरेको हो । खेतीमार्फत कार्यकर्तालाई उत्पादनमा सहभागी गराउँदै आत्मनिर्भरता र आयआर्जन बढाउने लक्ष्य लिइएको पार्टी गाउँ