काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद्पछि सरकारले राहत तथा उद्धार व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाएका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले सरकारको सक्रियता सामाजिक सञ्जालमा देखिएजस्तो प्रभावित क्षेत्रमा नरहेको टिप्पणी गरे । उनले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण प्रभावकारी रूपमा हुन नसकेको