रसुवाको गोसाइँकुण्ड क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति बांङ्लादेशको संसद्ले दुःख व्यक्त गर्दै सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको छ। संसदीय बैठकमा प्रस्तावमाथि छलफलपछि बाढीका कारण ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गरिएको थियो। त्यस क्रममा सांसदहरूले एक मिनेट मौनधारण गरेका थिए। मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै धार्मिक प्रार्थनासमेत गरिएको थियो। प्रार्थना बांङ्लादेशका धार्मिक मामिला मन्त्री काजी