काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै जित हासिल गरेको हो । बहराइनले जितको लागि दिएको ८८ रनको सामान्य लक्ष्य पच्छाएको नेपालले २१ ओभरमा तीन विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । नेपालको लागि अर्जुन कुमालले अविजित ३६ रनको योगदान दिए । उनले ५८ बलमा पाँच चौका प्रहार गर्दै ३६ रन बनाएका हुन । त्यस्तै रोहितकुमार पौडेलले अविजित १९ तथा आसिफ शेखले १८ रन जोडे । देव खनालले १० रन बनाए । बलिङतर्फ बहराइनका इमरान जाभेद अनवारले तीन विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले ३६