५१ दिनको अवरोधपछि मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा यातायात सुरु

  • सोमबार १५ भौ २०८३ ०७:२९ AM
काठमाडौं। लामो समयदेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत इलामको माइखोला–राजदुवाली सडकखण्ड सोमबार बिहानदेखि सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय इलामले पहिलो चरणमा साना तथा हलुका सवारीसाधन सञ्चालनमा ल्याएको हो । लगातारको वर्षाका कारण सडक भासिएपछि गत असार २५ गतेदेखि माइखोला–राजदुवाली सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। असार २९ गतेसम्म आइपुग्दा सडक थप भासिएपछि मोटरसाइकलसहित सबै… Continue reading ५१ दिनको अवरोधपछि मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा यातायात सुरु