मानव अधिकार तथा शान्ति समाजद्वारा तीन लाख सहयोग 

  • सोमबार १५ भौ २०८३ १२:४४ PM
काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजले बाढीपीडितहरूको सहयोगका लागि तीन लाख रुपैयाँ प्रदान गरेको छ। समाजले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैकस्थित खातामा भदौ १५ गते जम्मा गरिएको हो । शान्ति समाजले स्थापना गरेको १४ वटा स्रष्टा सम्मान पुरस्कार यस वर्ष स्थगन गरिएको छ। सोही पुरस्कारहरूको लागि प्रत्येक वर्ष छुटाइएको २ लाख ८० हजार र समाजका महासचिव प्रकाश शाहीबाट प्राप्त २० हजार गरी कुल तीन लाख रकम बाढी पीडितहरूको सहयोग स्वरूप प्रदान गरिएको हो । पुरस्कार स्थापनार्थ अक्षयकोषमा सहयोग गर्ने समाजसेवी बद्रीप्रसाद पहाडीको परिवार, समाजका पूर्व सभापतिहरू गोविन्द खनाल, रामकृष्ण बराल र होमकान्त चौलागाई, पूर्व वरिष्ठ उपसभापति कृष्णबहादुर रावल र पूर्व केन्द्रीय सदस्य सुदीप रिजालको सहमतिमै उक्त रकम बाढी पीडितहरूको सहयोगार्थ प्रदान गरिएको हो । २०७२ सालको भूकम्प पश्चात् पनि पीडितहरूको सहयोगार्थ शान्ति समाजले प्रधानमन्त्री राहत कोषमा दुई लाख सहयोग गरेको थियो भने २३ लाख ९० हजारको राहत सामग्री पीडितहरूलाई सोझै वितरण गरेको थियो ।