काठमाडौं । खोज तथा उद्धारका क्रममा चिलिमे र अपर त्रिशूली–१ जलविद्युत् आयोजनाका टनेलबाट तीनजनाको शव भेटिएको छ । नेपाली सेनाका अनुसार चिलिमे जलविद्युत् आयोजनाको टनेलबाट दुईवटा शव भेटिएका छन् । विदेशी विज्ञसहितको संयुक्त टोलीले टनेलभित्र करिब १०० मिटर प्रवेश गरेर खोजी गर्दा हिलोमाटोले पुरिएको अवस्थामा शव फेला पारेको हो । यस्तै, अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको