अपर त्रिशूली–३ ‘बी’ को क्याम्पमा ४३ जना सम्पर्कविहीन, लेदोमा पुरिएको आशंका

  • सोमबार १५ भौ २०८३ ०५:३७ AM
काठमाडौं । रसुवास्थित अपर त्रिशूली–३ बी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा आएको भीषण बाढीपछि ४३ जना सम्पर्कविहीन भएका छन् । भदौ १० गते आएको बाढीले क्याम्प क्षेत्रका घरहरू बगाउनुको सट्टा ठूलो मात्रामा लेदो र माटोले पुरेको प्रत्यक्षदर्शी कर्मचारीले बताएका छन् । त्यसै लेदोभित्र आयोजनाका कर्मचारी, उनीहरूका परिवार, परामर्शदाता कम्पनीका कर्मचारी र इन्टर्न विद्यार्थीहरू पुरिएको आशंका गरिएको