हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल सर्वसम्मत चयन भएका छन् । बैंकको सञ्चालक समितिको ४०६ औँ बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो । यसअघि बैंकका अध्यक्ष रहेका प्रचण्ड बहादुर श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका थिए । भदौ १४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा सोही मितिदेखि नै लागू हुने