काठमाण्डु – एसिसी प्रिमियर कप अन्तर्गत बहराइनले नेपाललाई जितका लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा जारी खेलमा कप्तान सन्दीप लामिछानेको घातक बलिङमा बहराइन ८७ रनमै समेटिएको छ। उसले नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको हो। टस हारेर ब्याटिङ गरेको बहराइनले ३६.२ ओभरमा ८७ रनमा अलआउट भयो। बहराइनका लागि