काठमाडौं। देशका विभिन्न स्थानमा देखिएको अप्रत्याशित बाढी, पहिरो तथा त्यसबाट भएको जनधनको क्षतिलाई मध्यनजर गर्दै मण्डला थिएटरमा मञ्चन हुने तयारीमा रहेको नाटक ‘निलो सिन्दुर’ तत्कालका लागि स्थगित गरिएको छ। निर्माण संस्था रंगशुत्र नेपालले विज्ञप्ति जारी गर्दै यही भदौ १९ गतेदेखि असोज ४ गतेसम्म मन्डला थिएटरमा मञ्चन गर्ने तय भएको नाटक हाललाई स्थगित गर्ने निर्णय गरिएको