काठमाडौँ : नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न छुट भएका सदस्यका लागि थप पाँच दिनको समय दिने निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको समुपस्थितिमा पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकले भदौ १५ देखि १९ गतेसम्म क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्न सकिने निर्णय गरेको हो । पार्टीको वृहत्तर हित, एकता तथा सदस्यहरूको अनुरोधलाई ध्यानमा राख्दै नवीकरण र अद्यावधिक गर्न छुट भएका क्रियाशील सदस्यलाई उक्त अवधिमा प्रक्रिया पूरा गर्ने अवसर दिने निर्णय गरिएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा ... The post कांग्रेसले सदस्यता अद्यावधिकको समय ५ दिन थप्यो appeared first on Kalika Khabar.