बाढी प्रभावित क्षेत्रमा २०० स्वयंसेवक पठाउने एमाले मधेशको निर्णय

  • सोमबार १५ भौ २०८३ ०१:२२ AM
बर्दिबास । नेकपा (एमाले) मधेश प्रदेश कमिटी सचिवालयको बैठकले रसुवा लगायत बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा तथा प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यतामा बर्दिबासमा आइतबार बसेको बैठकले मधेश प्रदेशका आठवटै जिल्लाबाट २५ जनाका दरले २०० जना स्वयंसेवक बाढी प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको हो । बैठकले मधेश प्रदेशमा पार्टीका पछिल्ला गतिविधिको समीक्षा गर्दै पार्टीले आह्वान गरेको ‘मिसन पार्टी जागरण अभियान’लाई प्रभावकारी बनाउने निर्णय गरेको छ । आगामी भदौ २१ गते बर्दिबासमा मिसन जागरण अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने बैठकले निर्णय गरेको ... The post बाढी प्रभावित क्षेत्रमा २०० स्वयंसेवक पठाउने एमाले मधेशको निर्णय appeared first on Kalika Khabar.