ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

  • सोमबार १५ भौ २०८३ ०१:५५ AM
पाल्पा । हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज गुञ्जिन थाल्छ । भीडको बीचबाट डरलाग्दो मुकुण्डो लगाएको लाखे निस्कन्छ । उसको चालसँगै भुच्चा पनि नाच्दै अघि बढ्छ । दर्शकका लागि यो मनोरञ्जनको दृश्य हो, तर यहाँका केही युवाका लागि भने आफ्ना पुर्खाले छाडेर गएको संस्कृति जोगाउने अभियान हो । कुनै समय नेवार समुदायको