काठमाडौं । रसुवा भोटेकोसी बाढीले डुबानमा परेको कृषि विकास बैंकको डेढ करोड रुपैयाँ पैसा सुरक्षित स्थानमा सारिएको छ । पैसासँगै ५० करोड रुपैयाँ बराबारको सुन पनि सुरक्षित स्थानमा सारिएको छ । “करिब आठ घण्टाको निरन्तर प्रयासपछि कृषि विकास बैंक, त्रिशूली ढुंगे शाखाबाट करिब १.५ करोड नगद, अनुमानित ५० करोडको सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सारिएको छ,” प्रहरीले भनेको छ । The post कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन भेटियो appeared first on Kalika Khabar.