काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान छ । दिउँसो भारी वर्षा हुँदा राति धेरै भारी वर्षाको पूर्वानुमान छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको हुँदा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोसी प्रदेशका तराई भूभागका केही स्थानमा ... The post आज देशभर वर्षाको सम्भावना, कोसी र वाग्मतीमा धेरै भारी वर्षाको चेतावनी appeared first on Kalika Khabar.