प्रधानमन्त्री बालेनले भने- प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

  • आइबार​ १४ भौ २०८३ ०४:०८ PM
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ दिन प्रधानमन्त्री बालेन शाहले विपद्पछिको खोज, उद्धार, राहत तथा व्यवस्थापनको काम चुनौतीपूर्ण भए पनि सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका कारण बाढीबाट भएको जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण सङ्कलन गर्न