काठमाण्डु – रसुवा बाढीपश्चात् उत्पन्न विषम परिस्थितिमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी सक्रिय भएको छ । सुरक्षाकर्मीहरू विपद्को समयमा खोज तथा उद्धारमा व्यस्त रहने र प्रभावित क्षेत्रमा रहेको त्रासको अवस्थामा लुटपाट चोरी, ठगी जस्ता आपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले नेपाल प्रहरी थप सक्रियताका साथ लागिपरेको छ ।