काठमाण्डु – सामाजिक सञ्जाल फेसबूकमा स्ट्याटस लेखेर सरकारलाई शव व्यवस्थापनबारे सिकाउने प्रदेश सचिव कोषहरि निरौलालाई नै सरकारले शव व्यवस्थापनको जिम्मा दिएको छ । कोशी प्रदेशका सचिव निरौलालाई संघीय सरकारले रसुवाको टिमुरेमा शव व्यवस्थापनका लागि काजमा खटाएको छ । आईतबार मन्त्रीस्तरीय निर्णयमार्फत उनलाई टिमुरे पठाउने निर्णय गरिएको छ । निरौलाले शनिबार मात्रै फेसबूकमार्फत शव गाड्नुको सट्टा