बाढीपीडितका लागि तेह्रथुम पावर कम्पनीको पाँच लाख रुपैयाँ सहयोग

  • आइबार​ १४ भौ २०८३ ०६:५९ PM
काठमाडौँ। रसुवामा भोटेकोशी नदीमा आएको बाढीबाट पीडितका लागि तेह्रथुम पावर कम्पनीले पाँच लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका प्रबन्ध सञ्चालक भूपति लाल श्रेष्ठले कम्पनीका तर्फबाट प्रधानमन्त्री राहत कोषमा एकमुष्ट पाँच लाख रुपैयाँ सहयोग पठाएको जानकारी दिए।  आइतबार विज्ञप्ति जारी गर्दै कम्पनीका प्रबन्ध सञ्चालक श्रेष्ठले बाढीपछि उद्धार, राहत पुनर्निर्माणका लागि आह्वान समेत गरेका छन्। बाढीमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठले घाइतेहरूको उपचार र बेपत्ताको खोजीमा सरकारको ध्यानाकर्षण समेत गराएका छन्।