काठमाण्डु – त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका–७ स्थित कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि रोकिएको एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकाय, ग्यास उद्योगी तथा सरोकारवालासँग निरन्तर संवाद र समन्वय गरेपछि काठमाण्डु उपत्यकासहित आसपासका जिल्लामा ग्यास आपूर्ति सहज बनाउने व्यवस्था