भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत सयौँ कर्मचारी तथा श्रमिक सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सार्वजनिक गरेको विवरणअनुसार रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो संख्यामा कर्मचारी तथा श्रमिक सम्पर्कविहीन भएका हुन्। बाढीका कारण आयोजना क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क विच्छेद हुँदा सुरुङ र आयोजना परिसरमा रहेका कर्मचारी