काठमाडौं । ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको बौद्धनाथ परिसरमा यस वर्षको सापारु (गाईजात्रा) तथा घोनाइ (रोपाइँ) जात्रा मनाइएको छ । वर्षभरि दिवंगत भएका आफन्तजनको आत्माको चिरशान्तिको कामना गर्दै गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाइँजात्रा मनाउने परम्परा छ । जात्रामा स्थानीय विद्यालयका विद्यार्थी तथा विभिन्न संघसंस्थाका सहभागीहरूले हास्यव्यंग्यसहितका विभिन्न झाँकी, नाच तथा सांस्कृतिक प्रस्तुति दिएका थिए ।