काठमाडौं । १० भदौमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि झन्डै दुई हजार चार सय जना अझै सम्पर्कविहीन छन् । सम्पर्कविहीनको अवस्था अज्ञात हुँदा उनीहरूका परिवार पीडामा छन् । आफन्तको खोजीमा भौंतारिरहेका परिवारजनले सरकारसँग खोज तथा उद्धार कार्य तीव्र बनाउन आग्रह गरिरहेका छन् । सिन्धुपाल्चोककी निरुता तामाङका श्रीमान् आशिष तामाङ रसुवाबाट सम्पर्कविहीन भएको आइतबार पाँच दिन