आज नाडा अटो शोको अन्तिम दिन : ४ देखि साँझ ७ बजेसम्मको टिकटबाट प्राप्त रकम बाढी प्रभावितलाई

  • आइबार​ १४ भौ २०८३ ११:४३ AM
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अन्तिम दिन आज अन्तिम ३ घण्टाको टिकट बराबरको पैसा सरकारी कोषमा जम्मा गरिदिने भएको छ । नाडाले आफ्नो सामाजिक उत्तरदायित्व र विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आज साँझ चार बजेदेखि सात बजेसम्म बिक्री हुने सम्पूर्ण टिकटको रकम बाढी तथा पहिरोपीडितलाई सहयोग गर्ने घोषणा गरेको हो