नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बसेको पदाधिकारी तथा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले सरकारलाई उद्धार कार्य तीव्र बनाउन आग्रह गरेको हो । बैठकमा बाढी प्रभावित क्षेत्रको वस्तुस्थितिबारे विपद् व्यवस्थापन