बाढी प्रभावित पालिका प्रमुखसँग रविको संवाद, समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता

  • आइबार​ १४ भौ २०८३ १०:२९ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानीय तहका अध्यक्षसँग टेलिफोनमार्फत संवाद गरेका छन् । रास्वपा केन्द्रीय कार्यालयबाट केन्द्रीय तहका नेताहरूलाई समेत साथमा राखेर गरिएको संवादमा लामिछानेले बाढीले पुर्‍याएको क्षति, उद्धार तथा राहत कार्यको अवस्थाबारे जानकारी लिनुका साथै स्थानीय तहका पदाधिकारीले