त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धार गर्न सेना सहितको प्राविधिक टोली परिचालन

  • आइबार​ १४ भौ २०८३ १०:०७ AM
काठमाण्डु – त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेना सहितको प्राविधिक टोली घटनास्थलमा परिचालन भएको छ । आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइटका इन्जिनीयरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर काम सुरु गरेको हो । टोलीले आयोजनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरी उद्धार कार्यलाई सुरक्षित रूपमा अघि बढाइरहेको छ ।