गोरखा । त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ । बाढीले लगातार तीन घण्टा हानेपछि बिहान ११ः३० बजेतिर पुल ढलाएर बगाएको स्थानीय विनोद नहर्कीले जानकारी दिए । पुल लगेपछि गण्डकी गाउँपालिका ७ र ८ का बासिन्दा त्रिशूली तरेर राजमार्गतर्फ जान समस्या भएको छ । ‘घ्याल्चोकका करिब