काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृहमा विपद व्यवस्थापन हेल्प डेस्क तथा विपद सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । रसुवा भोटेकोशी बाढीबाट प्रभावित व्यक्तिहरुलाई सहयोग गर्न इच्छुक महानगरपालिका भित्रका व्यक्ति, कम्पनी, संस्था तथा निजी क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्ने वातावरणमा सहजीकरण गर्न, रसुवा भोटेकोशी बाढीमा महानगरबासीमा परेको प्रभाव तथा क्षतिको विवरण संकलन गर्न केन्द्र स्थापना गरिएको हो । केन्द्रबाट नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम हुनेछ । केन्द्रमा एक जना जनप्रतिनिधि र २ जना कर्मचारी रहनुहुनेछ । महानगरपालिकाले गरेका कामका विषयमा जानकारी केन्द्रको फोन नं