रसुवाको चिलिमे हाइड्रोपावर क्षेत्रमा आएको बाढीबाट ज्यान जोगाएर विदुर आइपुगेका प्राविधिक तथा इन्जिनियरहरूले आफूले भोगेको भयावह क्षण सुनाएका छन् । बाढीबाट बच्ने क्रममा नाङ्गो खुट्टामै दौडिनुपरेको र एकातिर बाढी तथा अर्कोतर्फ माथिबाट विद्युत् प्रसारण लाइन साथै रूखका हाँगा खस्दा आफूहरू बीचमै अल्झिएको एक इन्जिनियरले बताए । उनका अनुसार बाढीको जोखिम बढेपछि आफूहरूले तत्काल सुरक्षित स्थानतर्फ