पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकको अध्यक्ष नियुक्त

  • आइबार​ १४ भौ २०८३ ०८:२४ AM
काठमाडौँ । पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंक लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले अर्याललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि बैंकका अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएपछि अध्यक्ष पद रिक्त भएको थियो। श्रेष्ठको राजीनामा स्वीकृत भएको चार दिनपछि सञ्चालक समितिले अर्याललाई नयाँ अध्यक्ष नियुक्त गरेको हो। अर्याल यसअघि नै हिमालयन बैंकको सञ्चालकका रूपमा कार्यरत थिए। नेपाल सरकारको मुख्यसचिवको जिम्मेवारीसमेत सम्हालिसकेका उनले सरकारी सेवाका क्रममा अर्थ, प्रशासन तथा सार्वजनिक व्यवस्थापनका क्षेत्रमा लामो अनुभव हासिल गरेका छन्। प्रशासनिक तथा सार्वजनिक व्यवस्थापन क्षेत्रमा उनको लामो अनुभवलाई बैंकको संस्थागत सुशासन तथा रणनीतिक ... The post पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकको अध्यक्ष नियुक्त appeared first on Kalika Khabar.