काठमाडौँ । जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले विनाशकारी बाढी–पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ। गत भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा सरकारलाई सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम योगदान गरेको जनाएको छ। कम्पनीका अनुसार यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) प्रतिको प्रतिबद्धता तथा प्राकृतिक विपद्बाट प्रभावित समुदायलाई निरन्तर सहयोग गर्ने नीतिको एक हिस्सा हो। विपद्को यस कठिन घडीमा बाढी–पहिरो प्रभावितहरूप्रति ऐक्यबद्धता जनाउँदै जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउने व्यक्तिका परिवारजनप्रति गहिरो ... The post जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग appeared first on Kalika Khabar.