काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार भर्चुअल माध्यमबाट बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदिश खरेलका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनमा आइतबार दिउँसो ४ः३० बजे बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय समिति सदस्यहरूको अनिवार्य उपस्थितिका लागि सूचित गरिएको छ । बैठकको मुख्य कार्यसूचीमा विपद् व्यवस्थापनका बहुआयामिक पक्षबारे छलफल गर्ने