रसुवामा बुधबार बिहान आएको भीषण बाढीले स्याफ्रुबेंसीसहितका बजार तथा बस्ती क्षेत्रमा ठूलो क्षति पुर्यायाे । भीषण बाढीपछि स्याफ्रुबेंसी क्षेत्रको जनजीवन अझै प्रभावित बनेको छ। बाढीले सडक, पुल तथा भौतिक संरचनामा क्षति पुर्याएपछि आवतजावतमा कठिनाइ भएको छ भने स्थानीयवासी त्रास र अन्योलबीच दैनिकी चलाउन बाध्य छन्।