भोटेकोशी बाढीमा ज्यान गुमाएका ५९ जनाको शव शिक्षण अस्पताल ल्याइयो

  • आइबार​ १४ भौ २०८३ ०७:५७ AM
काठमाडौँ । भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईँले बाढीमा परेर ज्यान गएकामध्ये ५९ जनाको शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिए । अस्पतालमा ल्याइएका ती शवमध्ये ३२ जनाको शवपरीक्षण भइसकेको र २७ जनाको शवपरीक्षण गर्न बाँकी रहेको प्रवक्ता डा सेढाईँले बताए ।