काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले मलेसियामा हुने ‘एसीसी प्रिमियर कप’का क्रममा आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । बाढीपहिरोका कारण देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला स्वदेशभन्दा टाढा रहेर प्रतियोगितामा सहभागी हुन लागेको भन्दै लामिछानेले नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै यस्तो घोषणा गरेका हुन् ।