बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

  • आइबार​ १४ भौ २०८३ ०८:१५ AM
भद्रपुर । भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १५ लाखसहयोग गर्ने भएको छ । शनिबार समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईंको अध्यक्षतामा बसेको भर्चुअल बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको महासचिव चिरन खवासले जानकारी दिए । समाजले बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितको उद्धार, राहत र